दोलखाकाे कालापानी मावि केन्द्रमा १५ राउण्ड हवाइ फायर, एक प्रहरी घाइते, मतदान स्थगित

काठमाडौँ । दोलखाको जफेमा रहेको कालपानी मावि केन्द्रमा भइरहेको मतदान स्थगित भएको छ ।

एकै पटक धेरैजना मतदाताले हुलहुज्जत गर्दै मतदान स्थलमा प्रवेश गर्न लागेपछि स्थितिलाई नियन्त्रणमा लिनप्रहरीले १५ राउन्ड हवाइ फायर गर्नुपरेको थियो । केन्द्रमा ५ दलीय गठबन्धन र एमालेका कार्यकर्ताबीच विवाद हुँदा झडप समेत भएकाे थियाे । झडपका क्रममा दलका कार्यकर्ताले चलाएकाे ढुंगाले लागेर एक प्रहरी समेत घाइते भएका छन् ।

सो केन्द्रको मतदान हाल रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 16 =