कास्कीमा मतपेटिका फुटाइयाे, एक जना प्रहरी नियन्त्रणमा
२०७९ मंसिर ४ गते

पोखरा । कास्कीमा मतदाताले मतपेटिका फुटाइदिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका कार्यकर्ता समेत रहेका सूर्य परियारले मतपेटिका फुटाएका हुन् ।
सोही पालिकाको वडा नम्बर ९ बस्ने ३२ वर्षीय परियारले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए ।
उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । अहिले पुन: मतदान सुचारु भएको छ । मतपेटिका फुटाएका परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Enter
Write to Makalu Khabar News Desk
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित









