भोट हाल्न १ जनालाई कम्तीमा २ मिनेट लाग्छ : मतदान गरिसकेपछि आयुक्त, थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरेको बताएका छन् ।
भक्तपुरको लोकन्थलीस्थीत मतदान केन्द्रमा मतदान पछि सञ्चारकर्मीसंग कुरा गर्दै उनले निर्वाचनमा जनताको उत्साह देखिएकाले ७० प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरेको बताएका हुन् ।
उनले देशैभर मतदान सुरु भइसकेको भन्दै विवेकताका साथ मताधिकार गर्न मतदातालाई आग्रह समेत गरे ।
उनले सबै मतदातालाई मतदानमा सहभागी हुन अपिल गरे । थपलियाले देशैभरका निर्वाचनको अनुगमन केन्द्रबाट भइरहेको जानकारी दिए । अहिलेसम्मको सुरक्षा व्यवस्था र व्यवस्थापकीय तयारीमा कुनै कमी कमजोरी हुन नदिइएको र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने उनको विश्वास छ ।
उहाँले मतदान गर्न केही समय लागेकाले व्यवस्थापकीय कामलाई थप सहजीकरण गर्न निर्वाचन अधिकृतहरूलाई आग्रह गरे।
निर्वाचन सकिए लगतै मतपेटिका सङ्कलन भएपछि मतगणना सुरु हुने थपलिया बताउँछन् । उनले मङ्सिर २२ गतेसम्म निर्वाचनको सम्पूर्ण काम सम्पन्न गर्ने दाबी गरे ।








