प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान गरेका छन् । उनले बिहान ७ बजे भक्तपुरको मध्यपुरथिमि-१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका हुन् ।

अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए । उनले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे । मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =