सागर ढकालको निराहार व्रत दुई दिनदेखि जारी, मतदान नसकिँदासम्म केही नखाने
२०७९ मंसिर ४ गते

काठमाडाैँ । डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल निराहार व्रत जारी छ । शुक्रबारदेखि उनको व्रत जारी रहेको हो ।
आज मतदान नसकिँदासम्म केही नखाने उनले बताएका थिए । ‘हजुरहरूको नामा निराहार फलफूल, खाना केही नखाएर व्रत बस्छु,’ उनले बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै भनेका थिए,‘केही लक्ष्यका साथ भोकै बस्नु भन्ने प्रण गरेको छु ।’
सागरले व्रत बस्नुमा धार्मिक र वैज्ञानिक कारण भएको उल्लेख गरेका छन् । गुल्मीका इन्जिनियर सागर प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न पुगेका हुन् । त्यहाँ देउवा, सागर र नेपाली काँग्रेस (विपी) का कर्ण मल्ल र स्वतन्त्र विक्रम शाहीबीच प्रतिस्पर्धा हुदैछ ।
याे पनि : सागर ढकाल बसे निराहार व्रत, ४ गते साँझसम्म केही नखाने
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








