आज सवारीसाधन चलाउन नपाइने, क कसले प्रयोग गर्न पाउँछन् गाडी ?

काठमाडौँ । गृह मन्त्रालयले निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै गएराति १२ बजेबाट सवारीसाधन चलाउन रोक लगाएको छ । आज मतदान सम्पन्न नहुँदासम्म गाडी चलाउन नपाइने भएकाे हाे ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलकाअनुसार कतिपय सवारी साधन र यात्रुहरू बिच बाटोमै अलपत्र पर्न सक्ने भएकाले गएराति १२ बजेबाट नै गाडी चलाउन रोक लगाइएको छ । आज निर्वाचनको दिन साँझ ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको हो ।

कुन-कुन सवारी साधन चलाउन पाइन्छ, यस्तो छ सूची :

–बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल

–खानेपानीको ट्याङ्कर, फोहोर मैला ओसारपसार गर्ने सवारी साधन

–दूध बोक्ने सवारी साधन

–सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रार को कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चार गृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन

–दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन

–अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन

–निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन

–तरकारी, फलफूल तथा विद्युत् सेवका लागि प्रयोग हुने सवारी साधन

–कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन

–विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन

–सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन

–आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन ।

(उक्त सवारी साधनहरू मतदाता ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न पाइने छैन)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 19 =