कास्की २ (क) का उम्मेदवार चेतबहादुरले मतदाता कुटे

पोखरा । कास्कीको क्षेत्र नं. २ (१) का उम्मेदवार चेतबहादुर महतले मतदातालाई कुटपिट गरेका छन् । हाम्रो नेपाली पार्टीका उम्मेदवार महतले पोखरा ३३ भरत पोखरीका कृषक खडानन्द अधिकारीलाई कुटपिट गरेका हुन् ।

शून्य समयमा मत माग्दै हिँडेका महतलाई अधिकारीले बारम्बार पार्टी फेर्दै मत माग्न आउनुको कारण सोधेका थिए ।

अधिकारीले प्रश्न गरेपछि महतले हातपात गरेका हुन् । घटनाबारे प्रहरीलाई जानकारी गराएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =