मौन अवधिमा चुनाव प्रचार गरेको आरोपमा २ पक्राउ
२०७९ मंसिर ३ गते

फाइल तस्बीर ।
वीरगञ्ज । मौन अवधिमा चुनावी प्रचार गरेको अभियोगमा प्रहरीले पर्सामा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुली दुधौली–९ का २१ वर्षका सुरज साह रहेका छन् ।
जिल्लाको कालिकामाई गाउँपालिका–१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ च ४७४८ नम्बरको गाडी चेकजाँचका क्रममा नक्कली मतपत्र र स्वस्तीक छाप ४ थान भेटिएपछि उनीहरु पक्राउ परेका हुन् ।
सेनाले पक्राउ गरेका उनीहरुलाई प्रहरीको जिम्मा लगाइएको हो । उनीहरुलाई पर्साको पोखरिया प्रहरीले राखेको छ ।
२०७९ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित









