धमाधम तयार हुँदैछन् मतदान केन्द्र (तस्बिरहरू)

काठमाडाैँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्रको निर्माण धमाधम भइरहको छ । व्यवस्थित मतदानका लागि मतदाताले लाइन लाग्न बाँसका पोल गाडेर डोरी लगाउने, पुरुष र महिला मतदाताका लागि मतदिने लाइन छुट्याउने, मतपेटिका तयारी अवस्थामा राख्ने, निर्वाचन अधिकृत तथा कर्मचारी र दल र उम्मेदवारका प्रतिनिधि बस्न आवयक प्रवन्ध गर्नेलगायत तयारीका काम शनिबार धमाधम भइरहेको हो । १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताका लागि देशभर १० हजार ८ सय ९२ मतदान स्थलअन्तर्गत पर्ने गरी २२ हजार २ सय २७ मतदान केन्द्र तोकिएका छन् । त्यस्तै १ सय ४१ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । धेरैजसो मतदान केन्द्र सामुदायिक तथा निजी विद्यालयमा राखिएका छन् ।

तस्बिरमा हेर्नुहोस् विभिन्न स्थानमा निर्माणाधीन मदतान केन्द्रको अवस्था

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *