उम्मेदवारका प्रतिनिधि मतदान केन्द्रको ५ सय मिटर बाहिरै बस्नुपर्ने

पोखरा । आइतबार हुने निर्वाचनमा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिका रूपमा खटिएकाहरू मतदान केन्द्रको पाँच सय मिटर भित्र जान नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय गोरखामा शुक्रवार बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीबाट सवारी अनुमति पास नलिएका साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । मतदानपछि छिटो मतपेटिका ढुवानी गर्न चुमनुब्री गाउँपालिकाको लागि निर्वाचन आयोगसँग हेलिकप्टर माग गरिएको छ ।

तर हेलिकोप्टर भने प्राप्त नभएको उनले सुनाए । हेलिकोप्टर पाए मतपेटिका संकलन गर्दा कम्तीमा दुईवटा दलका एक÷एक जना प्रतिनिधिको रोहबरमा ल्याउने निर्णय भएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले जानकारी दिए ।

मतगणना सम्पन्न नभएसम्म लागि रक्सी बिक्री बन्द गर्ने, मतगणनाको सूचना दिन एवं समाचार संकलन गर्न मतगणना स्थल नजिकै सूचना कक्ष सञ्चालन गर्ने, नेपाल रेडक्रस सोसाईटी सँग समन्वय गरी मतदान स्थलमा प्राथमिक उपचारको व्यवस्था मिलाउने निर्णय पनि भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =