हिंसात्मक गतिविधि गर्नेप्रति ‘शून्य सहनशीलता’को नीति अपनाइने

काठमाडौँ । सरकारले निर्वाचन बिथोल्न हिंसात्मक गतिविधि गर्नेप्रति शून्यसहनशीलताको नीति अपनाउने भएको छ । शुक्रबार गृह मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो ।

निर्वाचको तयारी चलिरहँदा निर्वाचन शान्तिपूर्ण रुपमा गर्न सबै पक्ष तयार रहेको भए पनि पछिल्लो समय केही पक्ष हिंसात्मक गतिविधिमा उत्रिएको देखिएको भन्दै मन्त्रालयले त्यस्ता गतिविधि गर्नेलाई तत्काल पक्राउ गरी कारवाही अघि बढाइने गृह सचिव विनाेद प्रकाश सिंहले बताएका छन् ।हालै पनि हिंसात्मक गतिविधिमा उत्रिएकालाई पक्राउ गरी कारवाही थालिएकाे पनि उनले बताए ।

निर्वाचन बिथोल्ने तत्वहरुलाई नियन्त्रण गरी शान्तिपूर्ण रुपमा निर्वाचन सफल पार्न सरकारले सबै किसिमका सुरक्षा संयन्त्रलाई एकसाथ परिचालन गरी सुक्ष्म निगरानी गरिरहेको उनले बताए ।

उनका अनुसार ९ सय ३ स्थानमा नेपाली सेनाकाे बम डिस्पाेजल टाेली परिचालन गरिएकाे छ । आवश्यकताका आधारमा अरू टाेली पनि पठाउन सकिने व्यवस्था नेपाली सेनाले गरेकाे जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =