रवि लामिछानेले भने : जिताउनुहोस् भ्रष्टचार अन्त्य गरेर देखाउँछु
२०७९ मंसिर १ गते

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले यो देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दावी गरेका छन् ।
आज चितवनमा भएको चुनावी सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले भ्रष्टाचार गरेपछि दण्डित हुनुपर्ने हो, तर यहाँ पुरस्कृत भइरहेको बताए । सभामा लामिछानेले भने, ‘भ्रष्टाचारको अन्त्य गर्न पनि यसपटक घन्टीलाई मत दिनुहोस् ।’
नेपालमा उत्पादन भएको लुगा लगाउने अभियान सुरु गरेको बताए । सभामा लामिछानेले भने, ‘रविलाई जिताएर देश बनायौँ, भन्ने पार्छु, तपाइँको एउटा मतको दुरुपयोग गर्दिनँ, गुणस्तरीय निःशुल्क शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्छु ।’ विभिन्न क्षेत्रमा पैसाको चलखेल भइरहेको बताउँदै भने, ‘पैसा बढी भयो भने मलाई दिनुहोस् चेपाङ गाउँमा विद्यालय खोल्छु ।’
२०७९ मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित








