ओली जस्ता गफाडीलाई सत्ता दिने होइन, बयलगाढा नै चढुन् : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई गफाडी भएको आरोप लगाएका छन् । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २ स्थिति जडिबुटीमा सत्ता गठबन्धन दलले आयोजना गरेको चुनावी सभामा भाषण गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् । उनले ओलीलाई सत्तामा पुर्याउनु नहुने बताएका छन् ।

‘राजावादी र प्रतिगामीसँग गठबन्धन गर्नेलाई जनताले दण्डित गर्नैपर्छ,’ उनले भने, ‘निजी स्वार्थका लागि मात्रै गठबन्धन गरेका हुन्। देशलाई डुबाउन यो गठबन्धन गरेका हुन् । त्यसैले यो निर्वाचनमा दण्डित गर्नैपर्छ।’

उनले गणतन्त्रको आन्दोलका क्रममा ओलीले बरु बयलगाडा चढेर अमेरिका पुगिने बताएको पनि बताए ।

‘पहिले पनि गणतन्त्रको आन्दोलन हुँदा ओली बयलगाडाको कुरा गर्थे,’ उनले भने, ‘अहिले केपी ओली बयलगाडा चढेर हिँडे हुन्छ, उनले भने, ‘देश निर्माणको कुनै योजना छैन। एमालेमा व्यक्ति पूजा मात्रै छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 17 =