खानाको बिल उपलब्ध गराउन माओवादी चितवनका अध्यक्षलाई निर्देशन
२०७९ मंसिर १ गते

काठमाडौं । निर्वाचन आयोगले माओवादी केन्द्र चितवनसँग स्पष्टीकरण सोधेको छ ।
२९ कात्तिकमा भएको जनप्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणित प्रति उपलब्ध गराउन आयोगले माओवादी चितवनका अध्यक्ष र होटल रोयल सेन्चुरीलाई निर्देशन दिएको हो ।
माओवादी चितवनका अध्यक्षले सामाजिक सञ्जालमा पोष्ट गरी २९ कात्तिकमा ‘बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता एवं कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
साथै जनप्रदर्शनपछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ’ उल्लेख गरेका थिए ।
२०७९ मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित








