निर्वाचन जिताउनुस् भ्रष्टाचार निर्मूल पार्छु : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा जिताए देशको मूल समस्या रहेको भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्वी नवलपरासीको कावासोतीमा आयोजित चुनावी सभामा लामिछानेले आफ्नो दलले बहुमत प्राप्त गरेमा अहिलेसम्मका भ्रष्टाचारका मुद्दाको छानबिन गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने बताए ।

“एक पटक हामीलाई विश्वास गरेर भोट दिनुस्, हामी तपाईँको विश्वास गुम्न दिने छैनौँ”, लामिछानेले भने, “अहिलेको चुनावले तपाईँको सन्तानको भविष्य कोर्नेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =