साँझमा निर्वाचन क्षेत्र छिरेका कानुन मन्त्री थापा स्थानीयको नियन्त्रणमा 

पोखरा । तोकिएको समय भन्दा पछि निर्वाचन क्षेत्रमा छिरेका गण्डकीका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री समेत रहेका कास्की २ (ख) का काँग्रेस उम्मेदवार विन्दु कुमार थापालाई स्थानीयले नियन्त्रणमा लिएका छन् । पोखरा १६ स्थित बाटुले चौरमा मन्त्री थापा ७ बजेपछि छिरेका उनीहरूको आरोप छ ।

उनले राती पैसा बाँडेर मतदाता प्रभावित पार्न खोजेको एमाले कार्यकर्ताको आरोप छ । थापालाई करिब डेढ घण्टापछि कास्की प्रहरीले स्थानीयको नियन्त्रणबाट छुटाएको छ । तर प्रहरीले भने पैसा बाँडेको प्रमाण नभेटिएको बताएको छ ।

 
`पैसा बाँडेको भन्ने होइन । प्रचार समय भन्दा पछि मतदाता भेटेको भन्ने आरोप उहाँहरूले लगाउनुभएको छ,´ कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने, `निर्वाचन आचारसंहिता मिचेको भए निवेदन दिनु भनेका छौँ । घटना सामान्य हो ।´
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =