रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी (भिडिओ)

काठमाडौँ। रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।
लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।
निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उजुरी दर्ता गरेका हुन् ।
उजुरीमा उमेदवारीको खारेजीको माग गरिएको छ ।
मंगलबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उजुरी परेको खुलासा गरेका हुन् ।
उनले कानूनी व्यवस्था अनुसार चितवन–२ को निर्वाचन अधिकृतको कार्यालयमा उक्त उजुरीबारे जानकारी गराएको बताए ।
त्यहाँका निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने वाग्लेको भनाइ छ । https://twitter.com/makalukhabar/status/1592527878771847168?t=AGMPYqFUsjGEd_lMfxgjTQ&s=19








