जनतासँग गरेका प्रतिबद्धतालाई पूरा गरेरै छाड्छौँ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय राजनीतिलाई स्थायित्व र मुलुकलाई सही दिशा दिन गठबन्धन अघि बढेको बताएका छन् ।

मंगलबार काठमाडौँमा प्राज्ञिक, बौद्धिक तथा पूर्वराष्ट्रसेवक प्रचार प्रसार समितिले गरेको कार्यक्रममा नेता सिंहले संविधानलाई संस्थागत गर्न साथै नेपालको राष्ट्रिय राजनीतिलाई स्थायित्व दिन यस पटक काङ्ग्रेस सहितको गठबन्धनले जित्न आवश्यक रहेको समेत बताए ।

उनले प्रतिपक्षको गलत कदमले संविधान असफल बनाउँदै, नेपाललाई पुन अस्थिरतातर्फ लानै लागेको समयमा गठबन्धन बनेर संविधानको संरक्षण गरेको धारणा राखे । नेता सिंहले अहिले शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रलाई पुनसंरचना गर्नुपर्नेमा जोड दिए ।

उनले गठबन्धनले जनतासँग गरेका प्रतिवद्धतालाई पूरा गरेरै छाड्ने दावी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =