राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार घिमिरे ५ बुँदे मागसहित अनसनमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका ललितपुर क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका डा. सचिन घिमिरे अनसनमा बसेका छन् । उनले गोदावरी नगरपालिका स्थिति टाखेलमा मंगलबारबाट अनसन सुरु गरेका हुन् ।

नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज सिलवालले यसअघिको कार्यकालमा के कति खर्च गरेका हुन्, त्यसको विवरण सार्वजनिक गर्नुपर्नेलगायत ५ बुँदे माग उनले राखेका छन् ।

त्यस्तै, गाउँमा बाँदरले दुःख दिएको बाँदरको व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् । दुई जना विद्यार्थीको पढाइखर्च व्यहोरिदिन, गोदावरी नगरपालिकाले स्वयंसेविकामार्फत किशोरीलाई खुवाइरहेको आइरन चक्कीको औचित्व प्रमाणित गर्नुपर्ने, कोन्ज्यासोम गाउँपालिकाका दलबहादुर विकलगायतको उपचार गर्नुपर्ने माग राखेका छन् ।

उनले निर्वाचनको मौन अवधिमा पनि आफ्नो अनसन जारी रहने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =