प्रचण्डलाई गावै पिच्छे ज्ञापन पत्र, छेकम्पारबासीले उत्तरी नाका खोल्न माग गरे

पोखरा । चुनावी घरदैलोका क्रममा गोरखाका विभिन्न ठाउँमा पुगेका माओवादी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गावैं पिच्छे ज्ञापन पत्र बुझाएका छन् । गाउँलेहरुले विकासको योजना र आफुहरुलाई परेका दुख ज्ञापनपत्र मार्फत सम्बोधन गर्न आग्रह गरेका हुन् । चुनावी प्रचारका लागि छेकम्पार पुगेका प्रचण्डलाई त्यहाँका स्थानीयले उत्तरी सीमानाका खोलिदिन आग्रह गरेका छन् । उनीहरुले ४ बुँदे माग सहितको ज्ञापनपत्र दिएका हुन् ।

लामो समयदेखि रोकिएको निर्माणाधीन सिर्दिवासबाट छेकम्पार हुँदै ङुइलाभञ्ज्याङ सडकको कामलाई बजेट सहित सुरु गर्न आग्रह गरेका छन् । यस्तै, ३ वर्षदेखि ठप्प रहेको ङुइला नाका र रुइला नाका खोलिदिन भनेका छन् भने चुम्चेत र छेकम्पारका छुले, निले लगायत गाउँमा नेपाल टेलिकमका टावर राखिदिन माग गरेका छन् ।

अहिलेसम्म त्यस क्षेत्रमा टेलिकमको टावर छैन । बिगत बर्षदेखि समस्याग्रस्त अबस्थामा रहेको चुम्चेतस्थित लोक्पा पहिरोको नियन्त्रणका लागि बजेट व्यवस्था गरिदिन र यसको स्थायी समाधान खोजिदिन आग्रह गरे । लोक्पा पहिरोका कारण चुमनुब्रीका अधिकांश गाउँहरु खाद्य संकटबाट गुज्रिनुपरेको छ ।

गाउँपालिकाका अध्यक्ष निमा लामा, वडाअध्यक्ष टासी दोर्जे लामा, नेपाली कांग्रेसका पासाङ फुञ्जो लामा, मिङग्यूर लामा र नेकपा माओवादीका पेम्बा छेवाङ, कर्साङ फुञ्जो र चुम्चेतका गोपाल लामाले प्रचण्ड सहित गोरखा १ का गठबन्धन उम्मेद्वार राजेन्द्र बजगाईंलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझेपछि प्रचण्डले स्थानीयका समस्या सम्बोधनका लागि तत्कालै पहल थाल्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

One thought on “प्रचण्डलाई गावै पिच्छे ज्ञापन पत्र, छेकम्पारबासीले उत्तरी नाका खोल्न माग गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =