ठुला पार्टी र नेताले गर्दा जनताले दु:ख पाए, राप्रपालाई मत दिनुस् : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको व्यवस्था परिवर्तन गर्न नयाँ शक्तिको जीत आवश्यक रहेको बताएका छन् ।

सोमबार मकवानपुर क्षेत्र नं १ को पदमपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले पुराना दलहरुका कारण मुलुकको व्यवस्था नै असफल भएको भन्दै अब मुलुकको व्यवस्था परिवर्तन गर्न नयाँ शक्तिको जित आवश्यक रहेको बताए ।

उनले ठुला भनिएका पार्टी तथा नेतालाई धेरै पटक विजयी बनाए पनि देशको अवस्था उही रहेकाले एकपटक राप्रपालाई मतदान गर्न उनले आग्रह गरे ।

लिङ्देनले अहिलेसम्मका निर्वाचनमा ठिक पार्टी र ठीक नेता चुन्न नसकेकै कारण दुःख पाएको भन्दै यसपटक मतदाताहरु सचेत रहनुपर्ने धारणा राखे । उनले कांग्रेस, माओवादीभित्रका कार्यकर्ताले समेत राप्रपालाई मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले विपीको सिद्धान्तलाई सम्झेर आफूले राप्रपालाई समर्थन गरेको बताइन् । उनले लिङ्देनको नेतृत्वमा राप्रपाले राम्रोसँग देश र जनताको सेवा गर्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =