पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका २ गन्तव्यमा उडान विस्तार गर्दै बुद्ध एयर

काठमाडौँ । बुद्ध एयरले निकट भविष्यमै भारतका थप २ गन्तव्यमा उडान सेवा विस्तार गर्ने तयारी गरेको छ । पोखरा–बनारस–पोखरा हप्तामा ३ उडान र पोखरा–देहरादुन–पोखरा हप्तामा ३ उडान विस्तार गर्न लागिएको बुद्ध एयरले जनाएको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा बुद्ध एयरले भारतका दुई स्थानमा उडान सेवा विस्तार गर्न लागेको जनाएको छ । उक्त विमानस्थल सन् २०२३ को जनवरी महिनाबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।

हाल बुद्ध एयरले त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ–बनारस–काठमाडौँ उडान सेवा सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 20 =