गठबन्धनलाई काउन्टर दिन एमाले अध्यक्ष ओली आज चितवन आउँदै 

चितवन । नेकपा एमालेले आज चितवनमा चुनावी सभाको आयोजना गरेको छ । सभामा सम्बोधन गर्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन आउने भएका छन् ।

जिल्ला प्रहरी कार्यालयअगाडिको गेष्ट हाउस चौरमा एमालेको सभा हुन लागेको हो । अहिले बिहान ११ बजेबाट सभा सुरु हुने बताइएको छ । सोही गेष्ट हाउसको चौरमा दुई दिनअघि सत्तारुढ गठबन्धनले चुनावी सभाको आयोजना गरेको थियो । उक्त चुनावी सभामा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्बोधन गरेका थिए ।

देउवा र प्रचण्डको एमाले अध्यक्ष ओलीले सोही ठाउँबाट काउन्टर दिने भएका छन् । सभाअघि विभिन्न ठाउँबाट एमाले चितवनले चुनावी र्‍यालीको आयोजना गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =