प्रचण्ड भन्छन्, अहिले नेपालमा देउवा र म मिलेपछि नहुने केही छैन
२०७९ कार्तिक २७ गते

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा मिलेपछि विकास निर्माणलगायत काम गर्न कसैको बाधा हुन नसक्ने बताएका छन्।
आइतबार गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखाको विकासका काम प्राथमिकतामा रहेको बताए।
प्रचण्डले आफू र देउवाबिच कुराकानी भएपछि केन्द्र र प्रदेशमा गोरखाका सांसदलाई मन्त्री बनाउन सकिने बताएका थिए।
सभालाई सम्बोधन गर्दै प्रचण्डले भने ‘राजेन्द्रलाई केन्द्रमा र नन्दुलाई प्रदेशमा मन्त्री बनाएर विकास निर्माणको काम गर्न जिम्मेवारी दिइनेछ, उहाँहरूलाई मन्त्री बनाउन म देउवासँग प्रस्ताव राख्छु। अहिले नेपालमा प्रचण्ड र देउवा मिलेपछि नहुने केही छैन।’
साथै,आज प्रचण्डले चुमनुब्रीका छेकम्पार, सामागाउँ र सिर्दिवासका चुनावी सभालाई सम्बोधन गरेका थिए।
उनले सत्ता गठबन्धनका उम्मेदवारलाई मङ्सिर ४ को चुनावमा मत दिएर जिताउन समेत आग्रह गरे।
२०७९ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित









