गोरखामा राप्रपा नेपालका उम्मेदवारले गठबन्धनलाई सघाउँदा पार्टीबाट निष्कासित

पोखरा ।  राप्रपा नेपालको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवार नै गठबन्धनलाई सघाउने निर्णय गरेपछि पार्टीबाट निष्कासित भएका छन् । राप्रपा नेपाल गोरखाको तर्फबाट उम्मेदवारी दिएकाहरूले माओवादी र कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भन्दै शनिबार आफ्नो उम्मेदवारी निष्क्रिय पारेका थिए ।

गोरखा २ (क) का उम्मेदवार ई. सुबोध बस्न्यात र २ (ख) का उम्मेदवार सफिदिन मियाँले पार्टी हित विपरीत उम्मेदवारी फिर्ता लिएर गठबन्धन उम्मेदवारलाई सहयोग गरेको राप्रपा नेपालको आरोप छ । उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको र उक्त क्षेत्रमा राप्रपा नेपालले एमाले उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको अध्यक्ष कुलबहादुर बस्नेतले जानकारी दिए ।

राप्रपा नेपालले विज्ञप्ति निकालेर २ (क) मा राजु राना र २ (ख) मा वसन्त गुरुङलाई समर्थन गर्न सबैसँग आग्रह गरेको छ । यसअघि गोरखा १ मा एमालेलाई सघाउने र २ मा राप्रपा नेपाललाई सघाउने सहमति भएको थियो । उम्मेदवारहरुले राप्रपा नेपालबाट भन्दा गठबन्धन दलका उम्मेदवारलाई सहयोग गरे जिल्लाले परिवर्तन महसुस गर्ने भन्दै उम्मेदवारी निष्क्रिय बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =