काठमाडौँ ३ : कांग्रेसको बुद्धिजीवीसँग उम्मेदवार कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ३ ले आज बुद्विजिवीसँग उम्मेदवार कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेसका नेता एवं पुर्व मन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उम्मेदवारहरुले बुद्धिजिवीहरु को विभिन्न प्रश्न को उत्तर दिएका थिए ।

प्रमुख अतिथि डा. रिजालले निर्वाचित भएर संसद गएसी जनताको आवाज बुलन्द उठाउन उम्मेदवारहरुलाइ सचेत गराउदै माइक उपहार दिएका छन् ।

यसैगरी आजै को कार्यक्रममा नेकपा एमाले र माओबादी केन्द्र परित्याग गरि १२० जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेस गरेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ३ अन्तरगत, एमालेका संगठित सदस्य गोबिन्द ढुङ्गेलको नेतृत्वमा २२ जना र माओबादी केन्द्र गोकर्णेश्वर नगर कमिटी को उपाध्यक्ष लाक्पा शेर्पा र सदस्य बिजेन्द्र लामाको नेतृत्वमा ९८ जना नेपाली कांग्रेसमा प्रवेस गरेका हुन् ।

नव प्रवेसीहरुलाई कांग्रेस नेता डा मिनेन्द्र रिजाल र काठमाडौ ३ का प्रतिनिधि सभाका उम्मेदवार सन्तोष चालिसेले खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =