मुस्ताङमा भिरबाट लडेर एकजनाको मृत्यु
२०७९ कार्तिक २५ गते

पोखरा । मुस्ताङमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका ४० वर्षीय पेमा घ्याउको भीरबाट लडेर मृत्यु भएको हो ।
भेडा चराउन जाने क्रममा बाटक भीरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
लड्दा गम्भीर घाइते उनको उपचारको क्रममा चराङ स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।
२०७९ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित









