चितवनमा भोलि गठबन्धनको सभा, २८ गते ओलीले काउन्टर दिने

चितवन । सत्तारुढ गठबन्धनले चितवनमा शनिवार (भोलि) चुनावी सभाको आयोजना गरेको छ ।
जिल्ला प्रहरी कार्यालयअगाडिको गेस्ट हाउस चौरमा दिउँसो १२ बजेबाट चुनावी सभा सुरु हुने नेपाली कांग्रेसका उपसभापति राजीव न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सभामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूले संशोधन गर्नेछन् ।
कार्तिक २८ गते नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोही ठाउँबाट सत्तारुढ गठबन्धनको सम्बोधनको काउन्टर गर्ने भएका छन् ।
नेकपा एमाले चितवनले २८ गते ओली चुनावी सभाको लागि चितवन आउने भएका छन् । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार गठबन्धनले सम्बोधन गरेकै ठाउँबाट अध्यक्ष ओलीले काउन्टर दिनेछन् । एमालेको सभा पनि जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौरमा हुनेछ ।
बिहान ११ बजेदेखि हुने भनिएको सभामा अध्यक्ष ओलीसहित एमालेका शीर्ष नेताहरूको सहभागी हुने बताइएको छ ।








