काठमाडौँ-३ मा माओवादी प्रदेश परिषद् सदस्यसहित एमालेमा प्रवेश 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश परिषद् सदस्य तथा शिक्षाविद् पेमाछिरी शेर्पासहित ३७ जना माओवादी कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नव प्रवेसीहरूलाई नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार कृष्ण राईले अबिर र माला लगाइ पार्टी प्रवेश गराएका हुन् । पेमाछिरी शेर्पा गत स्थानीय निर्वाचनमा नेकपा माओवादीको तर्फबाट गोकर्णेश्वर नगरपालिकामा उपमेयरको उम्मेदवार रहेका थिए ।

यसैगरि आजै नेकपा एकीकृत समाजवादी बाट ९ जना र जनता समाजवादी पार्टीबाट ३ जना एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ (ख)  बागमती प्रदेश का उम्मेदवार रामेश्वर फुयाँल सहितका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =