निर्वाचन आयोगलाई बालेनको जवाफ- ‘लौरो चिह्न प्राप्त दलसँग मेरो कुनै सम्बन्ध छैन’

काठमाडाैँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले निर्वाचन आयोगलाई जवाफ पठाएका छन् । निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्ट पार्न भनेको थियो ।

जवाफ दिँदै बालेनले उक्त पार्टीमा आफ्नो आबद्धता नभएको भन्दै आफ्नो नाम लिएर प्रचार गरिएको हो भने कारबाही गर्दा हुने जवाफ पठाएका छन् । आयोगले शाहलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईँको कुनै आबद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आबद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकाले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्ट पार्न भनेको थियो ।

आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिँदै बालेनेले भनेका छन्, ‘स्थानीय सदस्य निर्वाचन २०७९ मा म स्वतन्त्र उम्मेदवारका रूपमा लौरो चुनाव चिन्ह प्राप्त गरी काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार भई निर्वाचित भएको हुँ । यही ४ मंसिर २०७९ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा हाम्रो नेपाली पार्टीले दलगत रूपमा लौरो चिन्ह प्राप्त गरी चुनावमा सहभागी भइरहेको उक्त दल र उक्त दलका कुनै पनि उम्मेदवारसँग मेरो कुनै सम्बन्ध छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + sixteen =