अहिलेको लडाई संविधान बचाउने र सिध्याउनेबीचको हो : मन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधान विरोधी भएको बताएका छन् । सोमबार ताराखोला गाउँपालिकाको चुनावी सभामा बोल्दै मन्त्री पौडेलले एमाले अध्यक्ष ओली संविधान विरोधी भएको बताएका हुन् ।
पाँच दलीय गठबन्धन चुनावका लागि मात्र नभई लोकतन्त्र र संविधान रक्षाका लागि भएको बताए । उनले अहिले संविधान सिध्याउने र बचाउने बिचको लडाई भएको बताए ।
‘अहिले एकथरी संविधान बचाउने र सिध्याउनेबीचको लडाई हो,’ उनले भने, ‘केपी ओली प्रतिगामी शक्ति लिएर हिडेका छन्, उनी देशप्रति इमान्दार छैनन् ।’ ताराखोला शहिदहरुको
रगतले रंगिएको ठाउँ भएको बताउँदै गठबन्धनको पक्षमा एकजुट हुन आग्रह गरे ।
उनले १५ हजार मतान्तरले जित्ने दाबी गरे । ‘गठबन्धनको मतको हिसाब गर्दा हामी १५ हजार मतले अघि छौँ,’ उनले भने, ‘बागलुङका वटा क्षेत्र हामीले जितिसकेका छौं औपचारिक घोषणा हुनमात्र बाँकी छ ।’
बागलुङका जनताको मतले आफू मन्त्री भएको बताउँदै बागलुङकै विकाशका लागि जीवन्त लागिपरिरहने प्रतिबद्धता व्यक्त गरे ।
‘म बागलुङकै मोटोमा जन्मिएको छोरा हुँ,’ उनले भने, ‘जिन्दगी नै राजनीति भनेर लागेपछि मैले व्यक्तिगत केही गर्नुछैन जनताकै पक्षमा काम गर्छु ।’









