माओवादीका रुपा गाउँ कमिटी अध्यक्ष बराल एमाले प्रवेश
२०७९ कार्तिक २१ गते

पोखरा । लामो समय माओवादीको राजनीति गरेका रुपा गाउँ कमिटी अध्यक्ष नवराज बराल एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले उनलाई खादा लगाएर पार्टीमा स्वागत गरे ।
बराल विद्यार्थी आन्दोलनका साथै पत्रकारितामा समेत केही समय लागेका थिए । उनी साहित्यकार समेत हुन् ।
यसैगरी पूर्व जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतम, पत्रकार कृष्णबहादुर थापा लगायत पनि सोमबार एमालेमा प्रवेश गरेका छन् ।
२०७९ कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित









