लौरो अभियानको प्रतिबद्धता ७७ जना सांसद

काठमाडौँ । हाम्रो नेपाली पार्टीको ‘लौरो अभियान’ले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छ । प्रतिबद्धतामा लौरो अभियानले जनताको ‘सेन्टीमेन्टल क्याच’ गर्न सकेको छ ।

धेरै सांसद भएर देशको ढुकुटी रित्तिएको अनुभूति जनतालाई भइरहेको छ । धेरै ‘राजा’हरु पाल्न पर्दा देशको विकास हुन नसकेको जनताले बताइरहँदा हाम्रो नेपाली पार्टीको ‘लौरो अभियान’ले सांसदको संख्या घटाउने प्रतिबद्धता गरेको छ ।

अहिले नेपालमा प्रदेश र संघीय गरेर ८ सय २५ जनाको संसद छन् । यसको संख्या घटाउर जम्मा ७७ जना सांसद भए पुग्ने प्रतिबद्धता लौरो अभियानले गरेको छ । धेरै सांसद भए भनेर जनताले विरोध गरिरहँदा लौरो अभियानले जनताको सेन्टीमेन्टल क्याच गर्दै सांसद संख्या घटाउने प्रतिबद्धता गरेको छ ।
नुनदेखि सुनसम्म र सियोदेखि रकेटसम्म नेपालमा उत्पादन गर्ने प्रतिबद्धता गरेको छ । नेपालको हरेक सहर र गाउँलाई एक स्वर्गको बगैँचाको रुपमा सजाउने उल्लेख छ । यी प्रतिबद्धता तत्काल कार्यान्वयन हुन सक्ने त देखिदैन, तर पनि आत्मनिर्भरमा जोड दिएकोमा लौरो अभियानको प्रतिबद्धतापत्रलाई सकारात्मक मानिएको छ ।

१ वर्ष, ५ वर्ष र ५० वर्षको योजना बनाएर देशको विकास अघि बढ्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । सात प्रदेशमा सातवटा चक्र निर्माण गरी तराई पहाड र हिमाललाई जोडेर ७ वटा चक्रपथ तथा आध्यात्मिक मार्ग बनाउने प्रतिबद्धता गरेको छ । लौरो अभियानका संयोजक सुमन सायमी छन् । उनकै नेतृत्वमा प्रतिबद्धतापत्र आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =