प्रकाशमान भन्छन्- राम्रो प्रतिक्रिया पाइरहेको छु

काठमाडाैँ । नेपाली कांग्रेसका नेता तथा काठमाडौं १ का उम्मेदवार प्रकाशमान सिंहले संविधानको कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । शनिबार चुनाव प्रचारका क्रममा उनले मंसिर ४ को चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरेका हुन् ।

तीन तहले पूर्ण रूपमा काम गर्न नसक्दा संघीयताको महसुस हुन नसकेको उल्लेख गर्दै यसका लागि कांग्रेसलाई म्यान्डेट दिन समेत आग्रह गरे । ‘तीनै तहलाई अधिकार सम्पन्न गर्नका लागि संविधानको अनूसूचीमा रेहको अधिकार सूचीअनुसार कानुन बनाउन आवश्यक छ’, उनले भने, ‘यसअघि सरकारमा रहेकाहरूलाई कार्यान्वयनको अवसर थियो तर, संविधान मास्न मात्रै लागिपरे। कांग्रेसले त्यो अवसर पाएन। संविधान कार्यान्वयनको सुनिश्चिततासँगै विकासका लागि निर्वाचनमा कांग्रेसलाइ म्यान्डेड दिनु आवश्यक छ।’

उनले तीनै तहका सरकारलाई व्यवस्थित बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताए । ‘मैले यस वर्ष विगत अघिका निर्वाचनमा जाँदाका प्रतिक्रिया र अहिलेका प्रतिक्रियामा धेरै अन्तर र राम्रो प्रतिक्रिया पाएको छु,’ उनले भने, ‘सबैमा उत्साह छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =