एमालेको चुनावी गीत : ‘सहर सहरमा ओली, सूर्यको जित भोलि…’ (भिडिओ)
२०७९ कार्तिक १८ गते

काठमाडौँ । नेकपा एमालेले चुनावी गीत सार्वजनिक गरेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमाफर्त चुनावी गीत सार्वजनिक गरेका हुन् ।
भिडियोसहितको गीतमा ‘सहर सहरमा ओली’, ‘गाउँगाउँमा ओली’, ‘मंसिर चार ओली सरकार’ लगायतका नारा लगाइएको छ । गीतमै ‘यो जित कसको ? ओलीको’ भनिएको छ । भिडियोमा जताततै अध्यक्ष ओलीको भाषण, दौडधूप र क्रेजलाई देखाइएको छ । गीतको बोलहरु भिडियोमा लेखिएको छ ।
नेकपा एमालेले शुक्रबार दार्चुलाबाट चुनावी अभियान सुरु गरेको छ । चुनावी अभियान सुरु गर्नुअघि एमालेले चुनावी गीत सार्वजनिक गरेको हो ।
भिडिओ
२०७९ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित









