कीर्तिपुरमा चितुवासँग मोटरसाइकल ठोक्कियो
२०७९ कार्तिक १८ गते

फाइल फाेटाे
काठमाडौँ। काठमाडौँको कीर्तिपुरमा चितुवासँग मोटरसाइकल ठोक्किएको छ ।
कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय परिसरमा बिहीबार राती चितुवासँग गुडिरहेको मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन् ।
त्रिवि क्रिकेट मैदान नजिकै २३ वर्षीय निशान्त चौधरीले चलाएको मोटरसाइकल राती करिब ९ बजे चितुवासँग ठोक्किएर लड्दा चौधरी घाइते भएका हुन् । हाल उनलको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
२०७९ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित









