संविधानको रक्षा गर्न गठबन्धनले जित्नु पर्छ : डा. कोइराला (भिडिओसहित)

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. शेखर कोइरालाले संविधानलाई रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नु पर्ने बताए । विराटनगर महानगरपालिकाको जनपथ चोकमा बुधबार आयोजित कोण सभामा उनले लोकतन्त्रलाई सुदृढीकरण गर्न, भ्रष्टाचारलाई नियन्त्रण र मुलुकमा सुशासन कायम गर्न निर्वाचनमा गठबन्धनले सफलता हासिल गर्नु पर्ने आवश्यकता औँल्याए ।

उनले शिक्षाविना समाज र राष्ट्र सभ्य हुन नसक्ने भएकाले नेपाली कांग्रेसले शिक्षालाई उच्च प्राथमिकता राखेको बताउँदै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेमा मुलुकमा विकास हुने र बेथिति हट्ने विचार राखे । उनले भने, ‘कोखदेखि शोकसम्म’ नेपाली कांग्रेसले योजना बनाई कार्यान्वयन गर्ने भन्दै गरिबलाई शोकमा रु. १० हजारसम्म क्रिया खर्च दिने उद्घोष गरे । उनले नेपाली कांग्रेसले सुत्केरी भत्ता देखि ज्येष्ठ नागरिकको उपचारलाई व्यवस्थित गर्ने धारणा पनि राखे ।

राष्ट्रिय सभाका सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता गोपी अछामीले मुलुकमा विकास र समृद्धिको यात्रा पूरा गर्न गठबन्धनका उम्मेदवार जित्नु पर्ने बताए । प्रदेश सभा निर्वाचन क्षेत्र नं ६ ‘ख’का उम्मेदवार केदार कार्कीले विराटनगरलाई संरचना सहितको राजधानी बनाउने भएकोले गठबन्धनले जित्नु पर्ने बताए । उनले विराटनगरको चक्रपथ, केशल्यानदीलाई व्यवस्थित गर्न कुनै कसर बाँकी नराख्ने भन्दै मतदाता र मतदाता शिक्षालाई व्यवस्थित गर्न कार्यकताहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =