माओवादी केन्द्रले ल्यायो र्‍याप गीत– ‘भोट फर प्रचण्ड…’ (भिडिओ)

चुनावी राजनीतिमा फेरि नयाँ प्रयोग

काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै माओवादी केन्द्रले आफ्नो पार्टी र पार्टीका नेतालाई भोट हाल्न आह्वान गर्दै र्‍याप गीत सार्वजनिक गरेको छ ।
‘भोट फर प्रचण्ड, भोट फर माओवाी’ बोलको उक्त गीतमा देशमा संघीयता र गणतन्त्र ल्याउन माओवादीले भूमिका खेलेको उल्लेख गरिएको छ । त्यस्तै, माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा देशमा लोडसेडिङ अन्त्य भएको, सीमान्तकृत र पछाडि परेका समुदाय, वर्ग, क्षेत्र र लिङ्गका नागरिकले अधिकार पाएकालगायत विषय उल्लेख गरिएका छन् ।
नेपाली चुनावी राजनीतिमा पछिल्लो समय एकपछि अर्को प्रयोग हुने क्रममा माओवादी केन्द्रले र्‍याप गीत ल्याएको हो ।
भिडिओ

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =