सबै दलका घोषणापत्रमा मुख्य कुरा भेटिएन, पैसा कहाँबाट ल्याउने ?

काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरूले जनतालाई झुक्याएको बताएका छन् । उनले प्रमुख दलका घोषणापत्रमा गर्ने कामबारे फुलबुट्टा भरेको भए पनि ती काम कसरी गर्ने र पैसा कहाँबाट ल्याउने भन्नेबारे केही नलेखिएको टिप्पणी गरेका छन् ।

डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘प्रमुख दलहरूको चुनावी घोषणापत्र पढ्दा’के गर्ने’भन्नेबारे त निकै फुलबुट्टा भरेको देखियो तर ‘कसरी गर्ने’ र मुख्यतः पैसो ‘कहाँबाट ल्याउने’ भन्नेबारे चाहिँ खासै केही भेटिएन ! अनि तीन वर्ष दुई तिहाइको सरकार हुँदा किन ती काम नगरेको भन्ने पनि बताउन आवश्यक ठानिएन ।मतदातालाई अब कति झुक्याउने ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =