डा. तोसिमाको उम्मेदवारी सर्वोच्चद्वारा सदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी सदर हुने भएको छ । सर्वोच्च अदालतले उनको उम्मेदवारी कायम राखेरै निर्वाचन प्रक्रिया अघि बढाउन विपक्षी निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेकाे हाे ।
डा. ताेसिमाले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी थिइन् । उनको उम्मेदवारीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेपछि आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । आफ्नो उम्मेदवारी खारेज भएपछि उनी उम्मेदवारी सदर हुनुपर्ने मागसहित सर्वोच्च अदालत पुगेकी थिइन् ।
सर्वोच्च अदालतका न्यायाधीश डा. श्री कुमार चुडालको इजलासले उनको उम्मेदवारी सदर गर्न अन्तरिम आदेश दिएकाे हो ।
मेडिकल काउन्सिलको सदस्य भई बैठक भत्ता बुझेकै आधारमा त्यसलाई लाभको पद मान्दै उम्मेदवार हुन अयोग्य हुने निर्वाचन आयोगले निर्णय गरेको थियो ।
यस्ताे छ अदालत आदेश










