एमाले घोषणापत्र : ५ वर्षका लागि यस्ता छन् २० ग्यारेन्टी

काठमाडौँ । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पार्टीका अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
घोषणपत्रमार्फत एमालेले बहुमत पुर्याएर सरकारको नेतृत्व गर्न पाए आगामी ५ वर्षमा गर्न सकिने २० वटा कामको ग्यारेन्टी गरेको छ । एमालेको घोषणा पत्र सर्वाजनिक कार्यक्रम विगतको भन्दा र अन्य दलको भन्दा फरक देखिएको छ ।
घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रमको उद्घोषण पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले गरेकी छन् । घोषणा पत्र सार्वजनिक गरेपछिको ओलीसँग लाइभ डिबेट कार्यक्रम भने बैंकर अनलि केशरी शाहले सञ्चालन गरेका छन् ।
त्यस्तै एमाले आफ्नो घोषणा पत्र अडिओभिजुअल माध्यमबाट सार्वजनिक गरेका छन् ।
यस्ता छन् एमालेलेले ५ वर्षका लागि गरेका २० ग्यारेन्टी
१. पहिलो सेसनः समृद्धि अधिवेशन,
२. नेपालीलाई मात्र नागरिकता
३. हंगर नो लंगर
४. उत्पादन स्वदेशी : बजार विदेशी
५. सुरक्षित छाना : पुग्छ सबैको चाहना
६. कमाइ : युवाको रोजाई
७. पढाइ स् भविष्यको जग बसाइ
८. सुगर प्रेसर : भइन्न बिरामी औषधि बेगर
९. फ्रि मिटर : १० हजार लिटर
१०. फ्रि युनिट : ५० युनिट
११. खेतबारीमा पानी : खाडीमा हैन स्वदेशमै लगानी
१२. दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार
१३. भूमिगत तार : सहर बजार
१४. नो लाइन : सेवा अनलाइन
१५. ५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार
१६. समृद्धिसँगको नाता : सबैको बैंक खाता
१७. स्वास्थ्य महिनावारी : १५ सय वर्षभरि
१८. फाइभजी सञ्चार : आइटीमा चमत्कार
१९. हामी समाजिम : सभ्य नागरिक
२०. हाम्रो अर्थ : १०० वर्ष









