राप्रपाको घोषणापत्र : ०४६ यताका उच्च पदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन
२०७९ कार्तिक १४ गते

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ को चुनावका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौँको थापागाउँ बानेश्वर बैंकेटमा आयोजित एक समाराहेमा घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रका मुख्य बुँदा सुनाउँदै उनले भ्रष्टाचारविरुद्ध कठोर हुने हुने उल्लेख गरे । राप्रपाले २०४६ यता सत्ता र शक्तिमा आएका नेताहरुको सम्पत्ति पनि छानबिन गर्ने प्रतिवद्धता राप्रपाले गरेको छ ।
त्यसका लागि उच्चतरीय नागरिक आयोग गठन गरिने जनाइएको छ । ‘२०४६ पछिका उच्चपदस्थ नेता तथा कमर्णाचारीहरुको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफतको कानूनी व्यवस्था गर्ने’, राप्रपाले भनेको छ, ‘भ्रष्टाचारमुक्त, जवाफदेही तथा पारदशर्शी शासन पद्धति व्यवहारमा लागु गर्ने ।’
२०७९ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित








