राप्रपाले भोलि घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि (सोमबार) घोषणापत्र सार्वजनिक गर्ने भएको छन् । राप्रपा ले सोमबार १४ कात्तिक मा घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार सोमबार बिहान साढे ११ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

बानेश्वरको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक हुने छ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि दलहरुले घोषणापत्र सार्वजनिक गर्ने क्रम सुरु गरेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरिसकेको छ । अन्य दलहरु पनि घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + four =