आँसु पुछ्दै बिदेसिनुपर्ने दिनको अन्त्यका लागि मेरो उम्मेदवारी : पोख्रेल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले भ्रष्टाचारीलाई फाइल पल्टाएरै कारबाही गर्न आफूले चुनाव जित्नुपर्ने बताएकी छिन् । आइतबार काठमाडौँ -९ स्थित बत्तिसपुतलीमा मतदातासँग भेटघाट कार्यक्रममा यस्तो बताएकी हुन् ।

उनले भ्रष्टाचारीहरूलाई उनीहरूको कालो कर्तुत पर्दाफास गरी वषौंदेखि अनधिकृत रूपमा कुम्ल्याएको सम्पत्ति राज्यको ढुकुटीमा ल्याउनुपर्नेमा जोड दिइन् । यस्ता भ्रष्टाचारीहरूलाई ठाउँको ठाउँ कारबाही गर्न आगामी निर्वाचनमा आफूलाई मत दिन पोख्रेलले आग्रह गरिन् । कार्यक्रममा उनले अहिले देशमा बेरोजगारको ठूलो समस्या भएकाले त्यसको अन्त्यको लागि राज्यले नीति बनाउन आवश्यक रहेको बताइन् ।

उनले संसद् भनेको राज्यको नीति, नियम बनाउने थलो भएकोले युवाहरूको पक्षमा आवाज उठाउन आफू संसद्मा पुग्नुपर्ने दाबी गरिन् । उनले आफूले चुनाव जितेमा दसैँ, तिहारजस्ता राष्ट्रिय चाडपर्वका दिनपनि आँसु पुछ्दै घर, परिवार छोडेर बिदेसिनुपर्ने दिनको अन्त्य हुने बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =