गठबन्धनले नजिते देश हार्छ, राजावादी र विखण्डनकारीले जित्छन् : प्रचण्ड(भिडिओ)

धादिङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनले चुनाव नजिते देश हार्ने भन्दै देशलाई जिताउन भएपनि एक आपसमा मत दिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रचण्ड भन्छन्, एक आपसका सम्पूर्ण तिक्तता त्याग्नुस र निर्धक्कका साथ गठबन्धनलाई भोट हाल्नुस् अनि मात्र संविधानको रक्षा स्थिरता र समृद्धि तर्फ देश अगाडी बढ्नेछ । यो निर्वाचन एउटा ब्याटल बनेको छ । गठबन्धन जित्दा देश जित्छ । अहिले दुई वटा गठबन्धन छन् । एउटा शान्ति प्रक्रियादेखि लोकतान्त्रिक गठबन्धन छ । अर्को गठबन्धनमा राजावादी, देश विखण्डन गर्ने अलगाववादी, अतिवादी र संविधानविरोधीहरु छन् । त्यसैले आग्रह पूर्वाग्रह छाडेर इतिहासको आवश्यकता अनुसार बनेको गठबन्धन जिताउनुपर्छ ।

चुनावी अभियानका क्रममा निर्वाचन क्षेत्र गोरखा जाने क्रममा धादिङको सल्यानटारमा आयोजित गठबन्धनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाम लोकतान्त्रिक गठबन्धनले नजिते देश विखण्डन गर्ने प्रतिगामी गठबन्धनले जित्ने खतरा रहेको समेत बताए ।

साथै, उनले बुढिगण्डकी परियोजनालाई छिटैनै टुङ्ग्याउने प्रतिबद्दता पनि व्यक्त हरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =