पाकिस्तानमाथि जिम्बावेको एक रनको रोमान्चक जित
२०७९ कार्तिक ११ गते

काठमाडौँ । जारी टी-२० विश्वकपमा जिम्बाबेले पाकिस्तानलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा जिम्बाबेले पाकिस्तानलाई १ रनले पराजित गरेको हो ।
जिम्बाबेले दिएको १३१ रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा ८ विकेट १२९ रन मात्र बनाएपछि जिम्बाबे १ रनले विजयी भएको हो ।
पाकिस्तानका लागि शन मसूदले सर्बाधिक ४४ रन बनाएका थिए भने मोहमद नवाजले २२, षडाब खानले १७, मोहमद रिजवानले १४ र मोहमद वासिमले अविजित १२ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा ८ विकेट गुमाउदै १३० रन बनाएको थियो ।
सुपर १२ को समुह २ मा रहेको जिम्बाबेको यो जितपछि २ खेलमा ३ अंक भएको छ भने पाकिस्तानले लगातार दोस्रो हार बेहोरेको छ ।
२०७९ कार्तिक ११ गते
प्रतिक्रिया
सम्बन्धित








