नेताविरुद्ध लाञ्छनापूर्ण अभिव्यक्ति दिए एक लाख जरिबाना र पाँच वर्ष कैद

काठमाडौँ । निर्वाचन आयोगले दलका नेताहरूविरुद्ध ‘लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/दृश्य सामग्री’ प्रकाशन गर्ने झुटो फेसबुक पेज एवं ग्रुपहरू हटाउन निर्देशन दिएको छ । अन्यथा कानुनबमोजिम एक लाख रुपैयाँ जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने चेतावनी दिएको छ ।

नेताविरुद्ध भ्रामक सामग्री फैलाएको गम्भीर ध्यानाकर्षण भएको भन्दै ‘नो, नट अगेन’ लगायत फेसबुक पेजहरूलाई यस्तो चेतावनी दिएको हो ।यस्ता कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकुल रहेको आयोगले जनाएको छ ।

‘उल्लेखित कसुर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुटा फेसबुक पेज/ग्रुपहरू तत्काल हटाइ उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, उक्त फेसबुक पेज/ग्रुपहरू तत्काल नहटाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बेहोरा समेत जानकारी गराइन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =