टेलिफोनमा सर्वसाधारणलाई केपी ओलीले भने- बालुवाटारमा अलिक पछि भेट हुन्छ (भिडिओ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग तपाईँको र हाम्रो भेट बालुवाटारमा अलिक पछि भेट हुने बताएका छन् ।
सर्वसाधारण सुशील गौतमसँग गरेको टेलिफोन संवादमा अध्यक्ष ओलीले अहिले मेरो निवास बालकोट, केन्द्रीय पार्टी कार्यालय र अन्य कार्यक्रममा भेट्न सकिने र अलिकपछि बालुवाटारमा भेट हुने बताए ।
ओलीले सर्वसाधारणसँग टेलिफोन संवाद गर्नको लागि आह्वान गरेका थिए । जसमा दुई लाखभन्दा बढीले कुराकानी गर्न नाम टिपाएका थिए । त्यहाँबाट गोला थुतेर ओलीले सर्वसाधारण सुशीलसँग टेलिफोन गरेका थिए । टेलिफोनको संवाद उनको सचिवालयले सार्वजनिक गरेको हो ।
टेलिफोन संवादका क्रममा गौतमलाई ओलीले अहिले भेट्न चाहेमा अहिले पार्टी कार्यालय र निवास बालकोट आउन सुझाएका थिए र पछि बालुवाटार आउँदा पनि भेट हुने बताएका थिए । गौतमलाई ओलीले तिहारको शुभकामना दिएका थिए । सामाजिक सञ्जालमा गौतम जोडिएको भन्दै ओलीले धन्यवादसमेत दिएका थिए ।








