ड्युटीमा रहेका डाक्टरमाथी कुटपिट

पोखरा । गोरखा स्थित जिल्ला अस्पतालमा ड्युटीमा रहेका डाक्टरमाथी कुटपिट भएको छ ।

मेडिकल अफिसर डा. अविनास पराजुलीमाथी युवाहरुले ढोका थुनेर कुटपिट गरेका हुन् ।

अस्पताल प्रशासनका अनुसार दिउँसो एक महिला थाइराइडको उपचारका लागि गएकी थिइन् । डाक्टरले चेकजाँच गरेपछि रिपोर्ट चित्तबुझ्दो नभएको भन्दै ३ जना युवाहरुले ति डाक्टरमाथी हातपात गरेको बताइएको छ । कुटपिट गर्नेहरु पक्राउ परेका छैनन् ।

घटनामा संलग्नमाथी खोजीविन गरी कारबाही गर्न अस्पताल व्यवस्थापन समितिको माग छ । निमित्त मेडिकल सुपरिटेण्डेन हरिकुमार श्रेष्ठले विरामीको उपचारबाट समेत पछि हट्नुपर्ने अवस्था आएको बताए ।

कुटपिटमा संलग्नको पहिचान भैसकेको र खोजी भैरहेको जिल्ला प्रहरी प्रबक्ता डीएसपी लिलाराज लामिछानेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =