हाम्रो जित निश्चित भएका ठाउँहरू पनि त्याग गरेका छौँ : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूको जित निश्चित भएका ठाउँहरू पनि गठबन्धनका लागि त्याग गरेको बताएका छन्।

पाँच दलीय सत्ता गठबन्धनको कर्णाली प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले कर्णालीले गरेको त्याग र विद्रोहलाई गठबन्धनले सम्झिरहेको बताए ।

‘आफू विजयी निश्चित भएका ठाउँमा पनि हामीले योगदान गरेका छौ त्याग गरेका छौँ । अझै नपुगेको खण्डमा अझै पनि सम्बोधन गर्नुपर्छ भन्ने हामीलाई हेक्का छ,’ उनले भने ।

गठबन्धनले मिलेर नेपालको इतिहासमा पनि असाधारण क्रान्तिहरू गरेको बताउँदै आफूहरूको निकै ठूलो त्याग बलिदान पछि नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान पाएको बताए। हरेक क्षेत्रबाट निरंकुशताको विरोधको आन्दोलन र विद्रोह सफल भएको प्रचण्डको भनाइ छ। हामीले त केपी ओलीलाई साधारण सदस्यबाट पनि हटाएका हौ तर उनले सेटिङ गरेको संज्ञा दिए ।

हामी विजयी भएको प्रतिशोध उनले प्रतिनिधिसभा विघटन गरेर लिए तर पार्टी भित्र काम गर्न नदिएको भने यो जस्तो लज्जास्पद अर्को केही हुन सक्छ ? उनले प्रचण्डले प्रश्न गरे ।

गठबन्धनलाई कसैले पनि हल्का रुपमा लिने गल्ती गर्नु हुँदैन यसले संविधान बचायो यसले लोकतन्त्र र राष्ट्रको रक्षा गर्‍यो । यो गठबन्धन धेरै सङ्घर्ष गरेर बनाएको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twenty =